दफा २६७
नाबालक, अशक्त तथा वेपत्ता भएको व्यक्तिको तर्फबाट मुद्दा गर्न सक्ने

(१) कानून बमोजिम उमेर नपुगेको नाबालक, उमेर पुगेको भएपनि वृद्धावस्थाको कारणले अशक्त भएको, दृष्टिविहीन, बोल्ननसक्ने, होस ठेगानमा नरहेको वा वेपत्ता भएको व्यक्ति वा निज आफैँले नसकेको अवस्थामा त्यस्तो व्यक्तिकोतर्फबाट संरक्षक वा माथवरले फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनपत्र वा निवेदनपत्र दिन सक्नेछ।स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “वेपत्ता भएको व्यक्ति” भन्नाले कुनैव्यक्ति बिना सूचना लगातार तीन वर्षदेखि घर छाडी हिडेको वा विदेशमा गई फर्की आउने ठेगान नभएको व्यक्तिसम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिम संरक्षक वा माथवरले त्यस्ता व्यक्तिका तर्फबाट फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनपत्रवा निवेदनपत्र दिने सम्बन्धमा अनुमतिको लागि अदालत समक्ष छुट्टै निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम निवेदन प्राप्त भएमा अदालतले निवेदनमा उल्लिखित व्यक्ति नाबालक, उमेर पुगेको भएपनिवृद्धावस्थाको कारणले अशक्त भएको, दृष्टिविहीन तथा बोल्न नसक्ने, होस ठेगानमा नरहेकोे वा वेपत्ता भए वानभएको यकिन गर्न पहिले त्यसको प्रमाण बुझ्नु पर्छ र त्यसरी बुझ्दा निवेदकको व्यहोरा मनासिब देखिएमा वारिसअख्तियारनामा नभए पनि संरक्षक वा माथवरले सो व्यक्तिको तर्फबाट फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनपत्र रनिवेदनपत्र दिन सक्ने गरी अनुमति प्रदान गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम अनुमतिको लागि निवेदन परेको सात दिनभित्र निवेदनमा निर्णय गर्नु पर्नेछ ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि वेपत्ता भएको व्यक्तिको तर्फबाट फिरादपत्र, प्रतिउतरपत्र,पुनरावेदनपत्र वा निवेदन दिने सम्बन्धमा अदालतले अनुमतिको लागि निवेदन परेको पन्ध्र दिनभित्र निर्णय गर्नुपर्नेछ ।